अर्थ बाणिज्य / समाज Tuesday, 18 Oct, 2022
Prestige Media

तिहारमा भारतबाट ल्याइँदै ३ लाख फूलमाला


तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मका माला खपत हुने फ्लोरिकल्चर एसोसिएसनले बताएको हो।

काठमाडौं– पुष्प व्यवसायीले यो वर्षको तिहारमा २३ लाख २५ हजार स्वदेशी माला खपत हुने बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मका माला खपत हुने फ्लोरिकल्चर एसोसिएसनले बताएको हो ।

‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थान माला खपत हुने अनुमान छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भने ‘कोभिडमा घटेको फूलको मागमा वृद्धि भएको छ । नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ ।’मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने उनले बताए । ‘व्यापारीले भारतबाट पनि माला आयात गर्छन्,’ उनले भने, ‘गत वर्ष भारतबाट आयात भएको माला खपत नभएर फाल्नुपरेको थियो ।

यो वर्ष तिहारका लागि खपत हुने फूल उत्पादन १० देखि २० प्रतिशत बढेको एसोसिएसनले जनाएको छ । भारतीय फूल आयात रोक्न गरेको आग्रह सरकारले बेवास्ता गरेको तामाङको गुनासो छ ।

आव २०७८÷७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात गरेको थियो । नेपालमा पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० बढी जनशक्ति रोजगार र आश्रित छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL