अर्थ बाणिज्य / समाज Thursday, 13 Oct, 2022
Prestige Media

स्थानीय तहलाई गत वर्षको बजेट विवरण बुझाउन महालेखाको पुनः ताकेता

विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई निर्देशन दिन महालेखाको आग्रह

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई अघिल्लो आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पठाउन पुनः ताकेता गरेको छ ।यस्तो विवरणका आधारमा महालेखा नियन्त्रक कार्यालयले एकीकृत वित्तीय विवरण तयार पार्छ। महालेखाले १४ भदौमा यस्तो विवरण पठाउन स्थानीय तहसँग आग्रह गरेको थियो ।

स्थानीय सरकारहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार वित्तीय विवरण सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनुपर्नेछ ।तर अधिकांश स्थानीय तहबाट वित्तीय विवरण प्राप्त हुन नसकेपछि मंगलबार पुनः ताकेता गरेको हो ।

महालेखाले विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई निर्देशनका लागि आग्रह गरेको छ। महालेखाले सबै स्थानीय तहमा आव २०७८÷७९ को हिसाव भिडान गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

उपमहालेखा नियन्त्रक रामाकान्त काफ्लेका अनुसार संघ तथा प्रदेशबाट सम्बन्धित स्थानीय तहमा हस्तान्तरणका लागि एलएमबीआईएस÷पीएलएमबीआइएसमा कायम भएको बजेट र सूत्र प्रणालीमा कायम भएको बजेट एउटै भए–नभएको यकिन गरी एउटै नभए स्थानीय तहले एउटै बनाउनुपर्छ ।

ससर्त, समपूरक र विशेष अनुदानमध्ये खर्च नभएको रकम स्थानीय तहले आव सकिएको १५ दिनभित्र संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्छ। यसरी फिर्ता नभएको भए फिर्ता गर्नसमेत महालेखाले भनेको छ ।एक स्थानीय तहले अर्को स्थानीय तहलाई दिएको अनुदान ‘अन्य अनुदान चालू र अन्य अनुदान पुँजीगत’ शीर्षकमा मात्र आम्दानी बाँध्नुपर्छ। तर कतिपय स्थानीय तहले सडक बोर्डलगायत निकाय÷संस्थाबाट प्राप्त रकमलाई समेत अन्य अनुदानमा जनाउने गरेका छन् । यसो नगर्न महोलखाले भनेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL