अर्थ बाणिज्य / समाज
Wednesday, 12 Oct, 2022
हिमाल आरोहणबाट संकलन भयो ६ करोड ७१ लाख राजस्व
अक्टोबर ११ सम्म १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएको विभागको तथ्यांक
काठमाडौं– सरकारले यस वर्ष हिमाल आरोहण स्वीकृतिबापत ६ करोड ७१ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । सन् २०२२ जनवरी १ देखि अक्टोबर ११ सम्म विभिन्न हिमाल आरोहण गर्न दिइएको स्वीकृतिमार्फत पर्यटन विभागले उक्त राजस्व संकलन गरेको हो ।
विभागका अनुसार अक्टोबर ११ सम्म छुट्टाछुट्टै गरी १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन् । जसमध्ये ६३१ जना पुरुष र १९१ जना महिला रहेका छन् ।५ हजार मिटरमाथिका हिमश्रृखला आरोहणका लागि स्वीकृति प्रदान गरेको विभागले १० महिनामा राजस्वबापत ५ लाख २५ हजार ५० अमेरिकी डलर अर्थात् ६ करोड ७१ लाख २० हजार १३१ रुपैयाँ संकलन भएको जनाएको छ ।
नेपालीसहित हिमाल आरोहणका लागि यस वर्ष ६७ देशका आरोही नेपाल आएका छन् ।







