Breaking News Friday, 30 Sep, 2022
Prestige Media

कांग्रेसभित्र विद्रोह आवश्यक भइसक्यो : महामन्त्री गगन थापा

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो।

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गुनासाका स्वरहरू बाक्लिँदै गएकाले शुद्धीकरण गर्न विद्रोह आवश्यक देखिएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो ।१४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा चुनिएका थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको स्वीकारे । यसका लागि पार्टीमा नयाँ विद्रोह आवश्यक देखिएको उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘कांग्रेसभित्र ठूलो असन्तुष्टि छ । यसका लागि पार्टीभित्र शुद्धीकरण गर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था छ ।’चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टीहरू पार्टीजस्ता नरहेको थापाले बताए। उनले भने, कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो, त्यो उद्देश्यमा अघि बढ्न सकेन। यो चिन्ताजनक अवस्था हो ।’

कांग्रेस र आफूप्रति भरोसा गरेर पार्टी प्रवेश गरेका युवाको भावनालाई मर्न नदिइने प्रतिबद्धता उनले व्यक्त गरे। कार्यक्रममा करिब ५०० जना कांग्रेस प्रवेश गरे।सरकार पार्टी विशेषको नभई जनताप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नभएको उनको गुनासो छ।

उनले भने, यत्रो महामारी (डेंगु) फैलिइसक्यो। चाडवाडको बेला छ। आपतकालीन बैठक बोलाएर समाधानको उपाय खोज्नुपर्छ । तर त्यतातिर सरकारको ध्यान गएको देखिएन ।’

महामन्त्री थापाले सत्ता र चुनाव गौण विषय भएको र जनताप्रति उत्तरदायी जनप्रतिनिधि निर्वाचनबाट चुनिएर आउनुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL