स्वास्थ्य Friday, 30 Sep, 2022
Prestige Media

स्वास्थ्य मन्त्रालयले पठायो विभिन्न अस्पतालमा निःशुल्क सिटामोल

डेंगु संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो


काठमाडौं– डेंगु संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई ५ लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ ।डेंगु संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक÷एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०÷२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ ।डेंगु संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधी भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई सिटामोलको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयले बताएको छ ।

काठमाडौं उपत्यकामा डेंगु संक्रमण अन्य स्थानको तुलनामा बढी रहेको मन्त्रालयको भनाइ छ ।डेंगु एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ ।

डेंगुबाट ३८ को मृत्यु


नेपालमा हालसम्म डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ। गत साउनयता २८ हजार १ सय ९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।
प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार ९ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा ८ सय ५० जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
डेंगु संक्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL