अर्थ बाणिज्य / समाज Thursday, 29 Sep, 2022
Prestige Media

राष्ट्र बैंकले हालसम्म बाँड्यो १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट

आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने भएकाले थप ५० करोड रुपैयाँ जति नयाँ नोट सटही हुन सक्ने राष्ट्र बैंकको अनुमान

काठमाडौं– राष्ट्र बैंकले नवदुर्गाको तेस्रो दिन बुधबासम्म नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले दसैं–तिहार र छठ पर्व अवसर पारेर उपलब्ध गराएको सफा नोट सटही सुविधामा उक्त परिमाणको नयाँ नोट साटिएको हो ।

राष्ट्र बैंकले गत २९ भदौदेखि नयाँ नोट साट्न थालेको थियो। बैंक तथा वित्तीय संस्थाले भने २ असोजदेखि नयाँ नोट साट्न थालेका थिए ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने २३ भदौदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो । १२ असोजसम्म १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

राष्ट्र बैंकले आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने भएकाले थप ५० करोड रुपैयाँ जति नयाँ नोट सटही हुन सक्ने अनुमान कार्यकारी निर्देशक नेपालको छ ।

‘बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणमा नोट लैजान्छन्। उनीहरुले लगिसकेका छन् । सर्वसाधारणले दैनिक १० देखि १५ करोड रुपैयाँ बराबरका नयाँ नोट साट्ने गरेकाले आगामी शुक्रबारसम्म बढीमा ५० करोड रुपैयाँ बराबरका नयाँ नोट साटिन्छ होला,’ कार्यकारी निर्देशक नेपालले भने ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयबाट नयाँ नोट सटही गरिरहेको छ । काठमाडौंको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिरहेको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्दै आएका छन् ।

काठमाडौं उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् । सोही विवरण पछ्याउँदा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL