अर्थ बाणिज्य / समाज Wednesday, 28 Sep, 2022
Prestige Media

आविष्कार केन्द्रले बन्द कृषि औजार कारखाना सञ्चालन गर्ने

बन्द रहेको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।

काठमाडौं– अर्थ मन्त्रालयले बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिएको छ ।बन्द कारखाना पुनः सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा मन्त्रालयका सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार केन्द्रसँग मन्त्रालयले सञ्चालनका लागि सम्झौता गरेको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले बताए ।
आर्थिक वर्ष २०७९÷८० को बजेटमा बन्द तथा रुग्ण कारखाना पुनः सञ्चालन गरिने घोषणा गरेअनुसार नै केन्द्रलाई सो कारखाना सञ्चालन गर्न जिम्मा अर्थमन्त्री शर्माले जानकारी दिए ।

‘चालू आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन मूल नीति लिएको छ । सोही नीतिअन्तर्गत हामीले मुख्यगरी कृषि र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । यसैअनुरूप कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन जिम्मेवारी दिइएको छ,’ उनले भने ।

मन्त्री शर्माले गत २१ जेठमा वीरगञ्ज पुगेर कारखानाको स्थलगत निरीक्षण गरेका थिए ।आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिट्ठा परेजस्तो भएको प्रतिक्रिया दिए । ‘अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर सोचेको पनि थिइनँ । आश नगरेको चीजको जिम्मेवारी आएकाले यसलाई चिट्ठा नै परेको भन्छु’, उनले भने ।

सम्झौताअनुसार आविष्कार केन्द्रले कारखाना सञ्चालनको जिम्मेवारी १० वर्षका लागि पाएको छ । योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायत कामको जिम्मेवारी केन्द्रले पाएको छ ।कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था पहिलो पटक सरकारले गर्नेछ । केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिमसमेत सञ्चालन गरी जनशक्ति उत्पादन, कृषि औजार उत्पादन तथा बिक्री वितरण गर्न पाउनेछ ।

औजार बिक्रीबाट करपछि रकमको ५० प्रतिशत रकम ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’मा राखिनेछ। बाँकी ५० प्रतिशत रकम वार्षिक रूपमा सरकारको राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL