अर्थ बाणिज्य / समाज Wednesday, 28 Sep, 2022
Prestige Media

तीन कम्पनीले दिए आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन

मोदी इनर्जी, सोनापुर मिनिरल्स एन्ड आयल र माई खोला जलविद्युत् कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै आवेदन दिए।

काठमाडौं– ३ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् ।३ कम्पनीले २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागेका हुन् ।

बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । ३१ भदौमा बोर्डमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।

सिमेन्ट उद्योग सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४ असोजमा आईपीओ निष्कासनका लागि आवेदन दिएको बोर्डले बताएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

२२ भदौमा माई खोला जलविद्युत् कम्पनीले पनि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

३ वटासहित बोर्डमा आईपीओ निष्कासन अनुमति पर्खाइमा रहेका कम्पनीको संख्या ३५ पुगेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL