कला / साहित्य Tuesday, 27 Sep, 2022
Prestige Media

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

झुपडीदेखि दरबारसम्म रुचाइएको हिजो आजका कुरा गणतन्त्र आएसँगै बन्द भयो । अब दर्शकले ठूलो पर्दामा हेर्न पाउनेछन्

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृंखला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे ।६९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृंखलालाई तत्कालीन समय टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन। २०५३ मा सुरु हुँदा टेलिशृंखलाको नाम ‘आज भोलिका कुरा’ राखिएको थियो ।

तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृंखला १७ भागपछि ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो ।

उक्त समय झुपडीदेखि दरबारसम्म रुचाइए पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै २०६३ मा यो हाँस्य टेलिशृंखला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म ११७ भाग प्रसारण गरे । लोकप्रिय नहुँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन । १६ देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन ।
अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउने तयारीमा जुटेका छन् ।

उनकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन् । अभिनेता सन्तोष भन्छन्, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।’ फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उनले बताए । फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ ।

टेलिशृंखलाको रुपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ । ‘यसलाई टिभीकै शृंखला नबुझियोस् भनेर मुभी नै लेखेका हौं । टेलिभिजनका दर्शकलाई हलसम्म ल्याउने तयारी छ’, अभिनेता पन्तले भने ।

फिल्ममा उनको जोडी टेलिफिल्ममा झैं रमा थपलिया हुनेछिन् । ‘फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिएँ । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरि सहकार्य भयो’, रमाले भनिन् । हिजो आजका कुरालाई फिल्मको रुप दिन पाउँदा साकार उत्साहित छन् । ‘हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुसी हुनुहुनेछ । हामीले साख झर्ने काम गरेका छैनौं । मेरा लागि यहीँ शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ’, साकारले भने ।

फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL