दसैंका लागि दार्चुलाबाट ल्याइँदै काठमाडौंमा च्यांग्रा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलाबाट करिब ५ सयको संख्यामा च्यांग्रा ल्याउन लागेको हो
काठमाडौं–यस वर्षको सैंमा काठमाडौंका लागि दार्चुलाबाट केही संख्यामा च्यांग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्यांग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब ५ सय संख्यामा च्यांग्रा ल्याउन लागेको हो ।कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्यांग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए ।
कम्पनीले ती च्यांग्रा जिउँदो प्रतिकिलो १ हजार एक सय ५० मा खरिद गर्न लागेको बताएको छ । कम्पनीको उक्त प्रयासले बजार मूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास छ ।यसैबीच स्थानीय पालिका जनप्रतिनिधिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्यास गाउँपालिको छाङरु र टिंकरका लागि ४ सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।

कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैंअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको हो ।
ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।







