१३ जिल्लामा कोरोना संक्रमण शून्य
ताप्लेजुङ, तेह्रथुम, संखुुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाँची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला संक्रमणमुक्त भएका हुन्
काठमाडौं– स्वास्थ्य मन्त्रालयले मुलुकभरका १३ जिल्ला कोरोना संक्रमणमुक्त भएको बताएको छ । ताप्लेजुङ, तेह्रथुम, संखुुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाँची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला संक्रमणमुक्त भएका हुन् ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ । मन्त्रालयका अनुसार ३ हजार ५१२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर १६० कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो दर प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ६१९ पुगेको छ । यस्तै होम आइसोलेसनमा १ हजार ५५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आइसियू) मा १९ जनाको उपचार भइरहेको छ ।







