कला / साहित्य
Wednesday, 21 Sep, 2022
चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन
भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। ट्रेडमिलमा दौडिरहेको बेला बेहोस भएपछी अस्पतालमा भर्ना गरिएकाे उनको ५८ वर्षको उमेरमा निधन भएको हो।
हृदयघातका कारण अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स दिल्लीमा उपचारत उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।जिममा भएको बेला उनलाई हृदयघात भएपछि अगस्ट १० मा अस्पतालमा भर्ना गरिएकाे थियाे ।
कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जबाट स्थापित भएका श्रीवास्तव ‘इन्डियाज लाफ्टर च्यालेन्ज’, ‘बिग बोस सिजन ३’, ‘देख भाइ देख’ जस्ता कार्यक्रममा देखिएका छन् भने मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् ।







