अर्थ बाणिज्य / समाज
Monday, 5 Sep, 2022
गाभिँदै प्रभु बैंक र सेञ्चुरी बैंक
राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो।
काठमाडौं–राष्ट्र बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई मर्जरको स्वीकृति दिएको छ ।राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो ।

गत महिना दुवै संस्थाबीच सम्झौता भएको थियो । प्राप्तिपछि नाम प्रभु बैंक नै हुनेछ । सहमतिअनुसार सञ्चालकमा ४ जना प्रभु बैंकबाट हुनेछन् भने तीन जना सेञ्चुरी बैंकबाट हुनेछन् ।
प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउनेछन् भने बैंकको स्वाप रेसियो १ अनुपात १ रहनेछ ।







