अर्थ बाणिज्य / समाज Monday, 5 Sep, 2022
Prestige Media

समयमा मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कृषि सामग्री कम्पनीले मल नल्याउने दुई कम्पनी सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो

काठमाडौं– कृषि सामग्री कम्पनीले समयमा रासायनिक मल नल्याउने दुई कम्पनी सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको कम्पनीले बताएको हो ।

कम्पनीका निमित्त प्रबन्धक राजेन्द्रबहादुर कार्कीले तोकिएको समयमा मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको बताए ।

आव २०७८÷७९ मा यी दुई कम्पनीले ५० हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डीएपी गरी कुल ५५ हजार मेट्रिक टन मल आयात सम्झौता गरेका थिए। तर समयमा मल नल्याउँदा बजारमा अभाव भएको थियो ।

सम्झौता अवधि सकिएको ६ महिनासम्म मल ल्याउन समय दिँदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर धरौटी जफत गरेको उनको भनाइ छ ।

कम्पनीको कारबाहीविरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकामा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कार्कीले बताए । पछिल्लो समय नियमित रूपमा मलको आयात भइरहेको उनको दाबी छ ।समयमा मल नल्याउने थप दुई बंगलादेशी र एक नेपाली कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्न छलफल भइरहेको कम्पनीले बताएको छ ।

चालू आर्थिक वर्षको साउन महिनायता विभिन्न कम्पनीले ६० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी ल्याउने क्रममा रहेको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेटमा थप ७८ हजार टन युरिया, ४२ हजार ५ सय डीएपी र ५ हजार ५ सय मेट्रिक टन पोटास ल्याउने तयारी गरेको उनको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा रासायनिक मल खरिद गर्न १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो । विनियोजन रकमले अपुग हुने भएपछि थप रकम माग गरिएकामा १६ अर्ब २० करोडका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको कार्कीले बताए ।

हाल ७ हजार ५ सय मेट्रिक टन युरिया, डीएपी १५ हजार मेट्रिक टन मौज्दात रहेको कम्पनीले जनाएको छ । आव २०७८÷७९ मा १ लाख ६० हजार मेट्रिक टन मल आयात भएको थियो ।

सरकारले रासायनिक मलमा अनुदान दिँदै आए पनि मागअनुुसार आयात नहुँदा बर्सेनि किसानले धान रोप्ने बेला अभाव खेप्नुपर्ने बाध्यता छ । कम्पनीका अनुसार मुलुकभर वार्षिक ५ लाख मेट्रिक टन रासायनिक मलको माग हुने गरेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL