अर्थ बाणिज्य / समाज Monday, 29 Aug, 2022
Prestige Media

विश्व बैंकले दियो नेपाललाई १३ अर्ब ऋण

सरकारले अगाडि सारेका परियोजनामार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी फोहोर र प्रदूषणलगायत क्षेत्रमा ऋण सहयोगले सघाउने

काठमाडौं– नेपाललाई विश्व बैंकले १३ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड), नयाँ विकास नीति ऋण (डीपीसी) परियोजनका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।

सोमबार नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले ऋण सम्झौतामा हस्ताक्षर गरे ।
नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रीडअन्तर्गत तीन सहुलियतपूर्ण ऋण डीपीसीको शृंखलामध्येको पहिलो रहेको बैंकले बताएको छ ।

‘कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक र विकास साझेदारले महत्त्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेका छौं,’ बैंकका प्रबन्धक लाडा स्ट्रेलकोभाले भने ।

परियोजनामार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी फोहोर र प्रदूषणलगायत क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यलाई सहयोग गर्ने उनको भनाइ छ । कार्यक्रमले ग्रीडअन्तर्गतका रणनीतिक परिवर्तनका लागि नेपालले अवलम्बन गरेका नीतिगत कार्यमा समर्थन गरी सबैका लागि समृद्धि निर्माण गर्न सहयोगले सघाउने विश्वास बैंकको छ ।

ऋण सहयोगले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा रोजगारी सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको अपेक्षा छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL