अर्थ बाणिज्य / समाज
Friday, 26 Aug, 2022
बजार अनुगमन अगाडि बढाउँदै वाणिज्य विभाग
काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गरिने बताएको छ ।हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकामा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने तयारी विभागले गरेको हो ।
विभागका निर्देशक होमनाथ भट्टराईले चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनबारे गृहकार्य भइरहेको बताए ।उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले वाणिज्य बिभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ ।
अघिल्लो वर्ष पनि असोज पहिलो साताबाट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सय बढी व्यावसायिक फर्मबाट ३५ लाख रुपैयाँ जरिमाना असुलेको थियो ।







