अर्थ बाणिज्य / समाज
Thursday, 25 Aug, 2022
५२ स्थानीय तहले पेस गरेनन् बजेट
काठमाडौं– नयाँ आर्थिक वर्ष एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ स्थानीय तहले अझै बजेट पेस नगरेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।मन्त्रालयका अनुसार ५२ स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० को बजेट पेस नगरेका हुन् ।
हालसम्म चालू आर्थिक वर्षको बजेट पेस नगर्नेमा प्रदेश १ का २, मधेस प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् ।
हालसम्म गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेस गरिसकेका छन् । मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।







