सहकारीलाई तीन महिनाभित्र वित्तीय रिपोर्ट सार्वजनिक गर्न निर्देशन
काठमाडौं–सहकारी विभागले सहकारी संघ– संस्थालाई आर्थिक वर्ष पूरा भएको तीन महिनाभित्र अनिवार्य लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । बिहीबार परिपत्र जारी गर्दै विभागले सहकारी ऐन, २०७४ को दफा ७५(१) बमोजिम लेखापरीक्षण सम्पन्न गरिसक्न र वित्तीय रिपोर्ट सार्वजनिक गर्न निर्देश गरेको हो ।
यस्तै, संस्थाको नियमित वार्षिक साधारणसभा पुस मसान्तसम्म सकिसक्न र साधारणसभा सम्पन्न भएको १५ दिनभित्र सभाको निर्णयको प्रमाणित प्रतिलिपि, उपस्थितिको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, लामो फाराम प्रतिवेदनसहित नियामक निकायमा अनिवार्य बुझाउनसमेत विभागले सहकारी संघ–संस्थालाई आग्रह गरेको छ ।
साधारणसभा गर्दा सहकारी संस्थाको साधारणसभा पहिलो संशोधन निर्देशिका, २०७६ को गाइडलाइनअनुसार धेरैभन्दा सदस्यको उपस्थितिमा मितव्ययी रूपमा सञ्चालन गर्नसमेत विभागले सबै सहकारी संघ– संस्थालाई भनेको छ ।







