अर्थ बाणिज्य / समाज Monday, 22 Aug, 2022
Prestige Media

आउँदो दसैंका लागि ३ हजार खसी–च्यांग्रा खरिद गरिँदै

काठमाडौं–सरकारले यो वर्षको दसैंका लागि करिब साढे ६ करोड मूल्य खर्चिएर ३ हजार खसी र च्यांग्रा खरिद गर्ने भएको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, च्यांग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
‘आइतबार बसेको बैठकले रकम विनियोजनको निर्णय गरेको हो। सुपथ मूल्य बजार सञ्चालन गर्नेबारे पनि सामान्य कुरा भएको छ’, कम्पनीका एक अधिकारीले भने ।

कम्पनीले कोभिड–१९ का कारण पछिल्लो तीन वर्षदेखि दसैंमा च्याँग्रा बिक्री गर्न सकेको थिएन ।असोज लागेपछि पहिलेकै स्थानमा यस वर्ष पनि दसैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नेबारे आइतबारको बैठकमा छलफल भए पनि निर्णय हुन सकेन ।कम्पनीले सहुलियत पसलमा राख्ने सामानको सूची तयार पार्ने, सरकारी स्वमित्वका अन्य संस्थानले बिक्री गर्ने वस्तुलाई पनि सुपथ बजारमा ल्याउने र कुन वस्तुमा कति छुट दिने भन्नेबारे भने पछि निर्णय गरिने बताएको छ ।

यस वर्ष पनि हेटौंडा, दाङ र नेपालगञ्जबाट खसी र मुस्ताङबाट च्यांग्रा ल्याउने गरी कम्पनीले तयारी थालेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL