अर्थ बाणिज्य / समाज Friday, 19 Aug, 2022
Prestige Media

पेट्रोलियम पदार्थको मूल्य नघटाएपछि संसदीय समितिमा उजुरी

काठमाडौं–राष्ट्रिय उपभोक्ता मञ्चले आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन उजुरी दिएको छ । मञ्चले भारतबाट पेट्रोलियम पदार्थको मूल्य तेस्रो पटक घटेर आए पनि निगमले नघटाएको भन्दै समितिमा उजुरी दिएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका छन् । केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले नघटाएर उपभोक्ताको अधिकारमाथि धावा बोलेको निवेदनमा उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । तर आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन,’ मञ्चले निवेदनमा भनेको छ, ‘मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’

निगमले बदमासी गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिई मूल्य घटाएर नागरिकलाई राहत दिनुपर्ने निवेदनमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL