पिपुल्स पावरले खुलायो आईपीओ
काठमाडौं– पिपुल्स पावरले मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई सार्वजनिक निष्कासन खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको छ । ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि र १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरेको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा ५ भदौसम्म र उक्त अवधिमा मागअनुसारको आवेदन नपरे आवेदन दिने अवधि १४ भदौसम्म थप हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।







