अर्थ बाणिज्य / समाज Friday, 3 Jun, 2022
Prestige Media

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रूपैयाँ घटाएको हो।नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७० रूपैयाँ, डिजेल र मट्टीतेल १५३ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ।

बुधबार मात्र भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपाललाई नयाँ मूल्य पठाएको थियो। आइओसीले नयाँ मूल्य पठाएसँगै आगामी १५ दिनमा करिब तीन अर्ब ७ करोड पचास लाख रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको थियो। बिहीबार नेपाली बजारमा भाउ कम भएसँगै अब आगामी पन्ध्र दिनमा निगमको घाटा बढेर तीन अर्ब ८९ करोड ५२ लाख पुग्ने देखिएको छ।

अब निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.४१ रूपैयाँ र डिजेलमा २८.३३ रूपैयाँ घाटा हुने देखिएको छ। निगमको पेट्रोल खरिद लागत भने २०१.४१ रूपैयाँ र डिजेलको १८१.३३ रूपैयाँ छ।

त्यस्तै प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१.१४ रूपैयाँ घाटा हुने निगमले जनाएको छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL