कला / साहित्य
Monday, 23 May, 2022
‘प्रेम गीत ३’ दसैँमा प्रदर्शन हुने
चलचित्र ‘प्रेम गीत ३’ आगामी दसैँमा आउने भएको छ। चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै ‘प्रेम गीत ३’ असोज ७ गतेबाट प्रदर्शन हुने जानकारी दिएका हुन्।
नेपाली र हिन्दी भाषामा प्रर्दशन हुने चलचित्रको निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्।प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम गीत ३’ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको पनि अभिनय छ।

दुई वर्षअघि चैत २८ मा प्रदर्शन घोषणा गरिएको फिल्म कोरोना महामारीका कारण रोकिएको थियो।







