अर्थ बाणिज्य / समाज
Friday, 20 May, 2022
इण्डोनेसियाले प्रतिबन्ध हटाएपछि सोमबारबाट नेपालमा पनि पाम तेल आयात हुने
६ वैशाख, काठमाडौं । पाम तेलको ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यातमा लगाएको प्रतिवन्ध हटाएको छ । आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ ।
इण्डोनेसियाले पाम तेलको निर्यात रोक्दा नेपाली बजार पनि त्यसबाट प्रभावित भएको थियो ।चालु आर्थिक वर्षको चैतसम्म ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको २४ करोड ७८ लाख लिटर पाम कच्चा तेल नेपाल भित्रिएको थियो ।







