Breaking News Sunday, 13 Dec, 2020
Prestige Media

कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई खोप

कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि करिब ६० लाख नेपालीलाई खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपालजस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।
यद्यपि यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समिति संयोजक डा. सञ्जिव सापकोटाले बताए ।
हाल विश्वभर ५८ वटा कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ । अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् ।
यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ ।
नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन् यद्यपि सो विषयमा औपचारिक निर्णय भएको छैन ।
कोरोना भाइरसबाट हालसम्म विदेशमा करिब ५० हजार नेपाली प्रभावित भएका छन् । एनआरएनएका अनुसार नेपालबाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL