Exclusive News Thursday, 8 Oct, 2020
Prestige Media

आजदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

रासस
अमेरिका

गैरआवासीय नेपाली संघको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ ।
पहिलो पटक दुई वर्षअघि संघले पहिलो ज्ञान सम्मेलन आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलन आयोजना गरिएको संघले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई दृष्टिगत गरी अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको संघले बताएको छ ।
सम्मेलन उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । संघका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपालबाहिर रहेका विज्ञको सहभागिता रहनेछ । सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव एवं सम्मेलन संयोजक डा हेमराज शर्माले जानकारी दिए ।
संघका अध्यक्ष कुमार पन्तले नेपालको विकास र समृद्धिका सहयात्रीका रुपमा गैरआवासीय नेपाली रहेको बताउँदै विदेशमा आर्जन गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालसँग जोड्नका लागि सम्मेलन उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
२५ बढी देशका १ सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३ सय बढी प्रस्तोताको सहभागिता रहने विज्ञ सम्मेलनमा चार वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र सञ्चालन हुने संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
सम्मेलनमा २ सय कार्यपत्र प्रस्तुत गरिनेछन् । संघका अनुसार सम्मेलन विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभर चालिएका कदम तथा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिबारे केन्द्रित हुनेछ ।
साथै, संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौं विश्वविद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा मन्त्री, योजना आयोगका उपाध्यक्ष एवं सदस्य, सांसद, सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका अधिकारी, गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञ सहभागी हुने संघका महासचिव शर्माले बताए ।
संघका अनुसार सम्मेलनको पहिलो दिन विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणबारे कार्यपत्र प्रस्तुत हुनेछन् ।
यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ । सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थानलगायतका सत्र समावेश गरिएका छन् ।
यस्तै, तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तर सत्रमा विभिन्न विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
ती कार्यपत्रमाथि सम्बन्धित विषयका विज्ञले छलफल गर्नेछन् । साथै, सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञबीच पनि छलफल र परामर्श हुने र सम्मेलनको निष्कर्षलाई श्वेतपत्रमार्फत नेपाल सरकारसमक्ष सुझावका रुपमा प्रस्तुत गरिन संघले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL