Exclusive News Monday, 28 Sep, 2020
Prestige Media

कोरोना जोखिम पूर्वानुमान गर्न नसकिने सरकारको स्वीकारोक्ति

सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढिरहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने जानकारी दिएका हुन् ।
‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै बिन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ । अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन,’ मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको मन्त्री ज्ञवालीले बताए । ‘यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरी छ,’ उनले भने ।
सर्वसाधारणले सरकारी आदेश, निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै उनले चाडपर्वको बेला थप सतर्क हुनुपर्ने आवश्यकता औंल्याए ।
‘खुला सिमाना भएको मुलुकमा जति भयावह हुन सक्थ्यो, त्यसमा जति जोखिम थियो, यसको तुलनामा कमैै छ,’ मन्त्री ज्ञवालीले भने, ‘तर जोखिम उच्च नै छ । आगामी दिनमा चाडवाडको समय आउँदै छ । स्वास्थ्य सतर्कतालाई कहीँ–कतै पनि कम नगर्न आग्रह गर्छु ।’
सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।
मन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरेका हुन् ।
पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेका हुन् ।
‘स्वास्थ्य मन्त्रालयको प्रोटोकल छ, विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकल छ । त्यसविपरीत जबर्जस्ती परीक्षण गर्नु उचित हुँदैन । त्यसले कुनै परिणाम पनि दिँदैन,’ मन्त्री ज्ञवालीले भने ।

१ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४ सय ३६ महिला र ९ सय १५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । उनीहरुमध्ये ४ सय ८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ७ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशरभमा १९ हजार ६ सय २४ संक्रिय संक्रमित छन् । १० हजार ९ सय २९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय २५ जनाको आईसीयु र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ४९ जना, ललितपुरका १ सय ३२ र भक्तपुरका ३६ जना छन् ।
यस्तै, सिराहाका ५५ जना, कैलालीका ५०, मोरङका ४९, मकवानपुरका ४०, सुर्खेतका २९, महोत्तरीका २५, धनुषाका २२, सुनसरी, नवलपुर र रुपन्देहीका २०–२० जना, चितवन र तनहुँका १७–१७ जना, बाँकेका १६, बझाङका १४, अछामका १३, धादिङका ११, सप्तरी र काभ्रे १०–१० तथा पर्सा, सिन्धुपाल्चोक, लमजुङ ७–७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीका ६ जना, कपिलवस्तु, गुल्मी र नवलपरासीका ५–५ जना, सिन्धुली र कास्कीका ४–४ जना, बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जाका ३–३ जना, इलाम, खोटाङ, झापा, तेह्रथुम, भोजपुर, दाङ, बर्दिया, कालीकोट, जाजरकोट, दैलेख र सल्यानका २–२ तथा ओखलढुंगा, संखुवासभा, रौतहट, दोलखा, बाग्लुङ, अर्घाखाँची, प्यूठान र बैतडीका १–१ जनामा संक्रमण देखिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL