Exclusive News Monday, 24 Aug, 2020
Prestige Media

कोरोना संक्रमण नियन्त्रणका नाममा १३ अर्बभन्दा बढी खर्च

काठमाडौं
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरे पनि नतिजा शून्य देखिएको छ । तर संक्रमण नियन्त्रणका लागि गरिएको खर्चको तथ्यांक ठूलो रहे पनि त्यसअनुरुप सफलता हासिल नभएको देखिएको हो ।
कोरोना संक्रमण नियन्त्रणमा ०७६ चैतदेखि ०७७ साउन मसान्तसम्म १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चामन्त्री युवराज खतिवडाले जानकारी दिए ।
उक्त रकम औषधी र स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन एवं क्वारेन्टाइन र अन्य क्षेत्रमा खर्च भएको मन्त्री खतिवडाले बताए ।
मन्त्री खतिवडाका अनुसार संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । उक्त रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड र रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड खर्च गरेका छन् ।
यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्रबाट ६ लाख, पर्यटनबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।
कोभिड कोषबाट त्यस अतिरिक्त १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले जानकारी दिए ।
त्यसैगरी प्रदेश सरकारहरूबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेका छन् ।
यस्तै, स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL