टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमीटेडको दशौ र्बाषिक साधारण सभा सम्पन्न ।
टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमीटेडको दशौ र्बाषिक साधारण सभा काठमन्डौ;टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमीटेडको दशौ र्बाषिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । काठमन्डौको टोखा स्थित सद्भाव ब्याङ्क्वेटमा टोखा न.पाका उप मेयर ज्ञानमाया डङ्गोलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।त्यसैगरी सभामा विशिष्ट अतिथि टोखा न.पा वडा न २ का वडाअध्यक्ष दिपकराज जोशी,टोखा न.पा वडा न ३ वडाअध्यक्ष सिंहमान श्रेष्ठ,टोखा न.पा सहकारी विभागका प्रमुख कमला कार्की रहनुभएको थियो।साथै कार्यक्रममा टोखा बचत अभियानका बुद्विजिवी सेयर सदस्य कुल नारायण श्रेष्ठ,तालिम प्रशिक्षक नारायण कार्की, सञ्चालक समितिका पदाधिकारी,लेखा समिति,ऋण समिति सदस्यलगायत सम्पूर्ण सेयर सदस्यको उपस्थिती रहेको थियो।
२०६५ सालमा २८ जाना सेयर सदस्यको प्रयासमा टोखा अभियान बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको थियो । राज कुमार डङ्गोलले संञ्चालन गर्नुभएको उक्त कार्यक्रम संञ्चालन समिति सदस्य मनिषा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी टोखा न.पा का उप मेयर ज्ञानमाया डङ्गोलले ऋण प्रदान गर्दा कस्लाई दिने,कती दिने र कसरी दिने भन्ने कुरामा ध्यान दिएर मात्र ऋण दिन सुझाव दिनुभयो। साधारण सभामा विशिष्ट अतिथि टोखा न.पा वडा न २ का वडाअध्यक्ष दिपकराज जोशीले टोखा नगरपालिकाका सहकारीमध्ये टोखा अभियानले अग्रणी भूमिका निर्वाह गरेको भन्दै अध्यक्षलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो। त्यसैगरी टोखा न.पा वडा न ३ वडाअध्यक्ष सिंहमान श्रेष्ठले सम्पूर्ण सेयर धनीहरुलाई आफ्नो सहकारीको गतिविधिमा ध्यान दिन अनुरोध गर्नुभयो। टोखा न.पा सहकारी विभागका प्रमुख कमला कार्कीले सहकारीको औचित्य र यसलाई कसरी बढाउन सकिन्छ भनेर सोच्न पर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।
टोखा अभियानका बुद्विजिवी सेयर सदस्य कुल नारायण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । र्बाषिक साधारण सभामा टोखा अभियानको मान र शानलाई बढाउने नेपाली क्रिकेटकी महिला खेलाडी ज्योति डङ्गोललगायत सम्पूर्ण एस् एस् ई मा उतिर्ण छात्रछात्रालाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो साथै विगतका वर्षहरुमाझै यस वर्षपनि उत्कृष्ट र भाग्यमानी सेयर सदस्यलाई मायाको चिनो तथा पुरस्कार वितरण गरिएको थियो ।
बचत तथा ऋण सहकारी संस्थाको महत्व,भुमिका र यसका नयाँ निति र नियमसम्बन्धी बिषयलाई लिएर तालिम प्रशिक्षक नारायण कार्कीले महत्वपूर्ण तालिम दिनुभएको थियो । यसैगरी टोखा अभियान बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अधक्ष्य हरी कृष्ण श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिलगायत सम्पूर्ण समिति र सदस्यलाई धन्यवाद दिदै आगामी दिनमा विभिन्न तालिम सन्चालन गर्ने प्रतिबदता व्यक्त गरेपछि औपचारिक कार्यक्रम सभ्य र भव्य रुपमा समापन भएको थियो ।
दोश्रो चरणको बन्द सत्र कार्यक्रममा सन्चालन समितिका अध्यक्ष्य हरी कृष्ण श्रेष्ठ कोषाध्यक्ष सुमन श्रेष्ठ,ऋण उपसमिति संयोजक प्रेमलाल श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।







