अर्थ बाणिज्य / समाज Friday, 18 May, 2018
Prestige Media

बसाइँसराइले गाउँ सुनसान बन्दै

रामपुर (पाल्पा), जेठ ४ गते । बसाइँसराइका कारण पाल्पाका धेरै गाउँ सुनसान बन्दै गएका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु शहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ जान थालेका छन् ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटको फोक्सिङडाँडा, भन्ज्याङथोक, कोटथर, बेलौजा, लाँबे, रानीवास, झर्लेङलगायतका स्थानीयबासी गाउँ छाडेर अन्यत्र जान थालेका छन् ।
बसाइँसराइका कारण अहिले यहाँ २१ घर मात्र रहेको फोक्सिङकोटडाँडाका स्थानीयवासी गणेश पछाईले बताउनुभयो ।

“युवा गाउँमा एकदमै न्यून छन्, मर्दापर्दा अगाडि सरेर काम गर्ने कोही पनि युवा छैनन्, सबै अशक्त वृद्ध मात्र छौ” उहाँले भन्नुभयो । गाउँमा हाल बसोवास गरेको जनसंख्या भने ४६ जना मात्र छ ।

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्यता छ । स्कुले विद्यार्थी, युवा जति सबै शहर बजारतिर बसोवास गर्न थालेका छन् । यसले गर्दा गाउँ नै रित्तिन पुगेको स्थानीयवासी सारु बताउनुहुन्छ ।

सबैले गाउँ छाडेर जान थालेपछि गाउँका उर्वरभूमी खेर गइरहेका छन् । राम्रै खेती हुने जमिन अहिले वनमारा सहितको झाँडीले भरिँदै गएको छ । बढ्दो बसाइँसराइका कारण यस शैक्षिक सत्रमा नरेश प्राथमिक विद्यालको कक्षा १ मा एकजना पनि नयाँ विद्याथी भर्ना हुन नआएको शिक्षक लक्ष्मी गैरेले बताउनुभयो ।
बसाइँसराइले गाउँका विद्यालय चलाउन अत्यन्तै कठिन भएको उहाँले बताउनुभयो ।
त्यस्तै रामपुर नगरपालिका– ७ को डाँडा भेगमा पर्ने बाहुनडाँडा क्षेत्रमा पनि बसाइँसराइ बढ्दै गएको छ । यहाँ खानेपानीको समस्याका कारण गाउँ छाडेर तल बेँशीतिर झर्ने र तराईतिर जानेको आकर्षण बढ्दो छ ।

बाहुनडाँडा आसपास क्षेत्रमा पहिला एक सय भन्दा बढी घरपरिवार रहेकोमा अहिले २०÷२५ घर मात्र सीमित हुनपुगेको वडा सदस्य मीनबहादुर सिञ्जाली बताउनुहुन्छ । खानेपानी र सडकको अभाव तथा शिक्षा, स्वास्थ्य लगायतका समस्याले यहाँबाट स्थानीयवासी अन्यत्र जान थालेका हुन् ।

गाउँमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुगेकाले गाउँका सुन्दर बस्ती छाडेर अन्यत्र जान उनीहरु बाध्य भएका छन् । यसले गाउँमा बस्ती पातलिँदै गएर सुनसान बनेको छ भने शहर बजार क्षेत्रमा बस्तीको चाँप दिनहुँ बढ्दो छ ।  (रासस)

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL