कला / साहित्य Saturday, 10 Feb, 2018
Prestige Media

नागरिककर्मी अर्जुन तामाङलाई राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कार

काठमाडौं- नागरिककर्मी अर्जुन तामाङ राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन्। २८५४ औं सोनाम ल्होछारको अवसरमा नेपाल वैदेशिक रोजगार तामाङ व्यवसायी समाजले तामाङलाई सम्मान गरेको हो।

समाजले राजधानीमा आयोजना गरेको ल्होछार साँस्कृतिक कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले नागरिककर्मी तामाङलाई  ताम्रपत्र सहित नगद पुरस्कारले सम्मान गरे।

पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ। समाजले नागरिकर्मी तामाङ सहित साउथ एसियन स्टार गायक आशुसेन लामालाई पनि नगद सहित सम्मान गरेको छ।

तामाङले पत्रकारिताको माध्यमबाट तामाङ जातिको भाषा, धर्म, कला र संस्कृतिको प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेकोभन्दै समाजले सम्मान गरेको हो।

कार्यक्रममा कानून तथा न्याय राज्यमन्त्री दिलमान पाख्रिनले ल्होछार तामाङ समुदायको पहिचानसँग जोडिएकाले यसको प्रवर्धनमा पत्रकारिताले उल्लेखनीय भूमिका खेलेको बताए। ‘सञ्चार क्षेत्रकै कारण काठमाडौंको ल्होछार गाउँ गाउँसम्म पुगेको हो। हरेक जात जातिको कला,गीत संगीत र संस्कृतिको संरक्षण र प्रवर्धनमा सञ्चार पहिलो आधार हो,’ राज्यमन्त्री पाख्रिनले भने,‘मूल धारको पत्रकारिताले देशलाई सहि मार्गमा निर्देशन गर्छ । यसकारण ल्होछारलाई अन्तराष्ट्रिय तहमा प्रवर्धन गर्ने काम पत्रकारिता हो।’

समाजका अध्यक्ष टंक घिसिङले ल्होछार आफैमा तामाङ जातिको नयाँ वर्ष भएका कारण सभ्य, भव्य र ऐतिहासिक रुपमा मनाउनु पर्ने बताए।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL