आजको पत्रपत्रीकाबाट Sunday, 26 Nov, 2017
Prestige Media

मतदानस्थल टाढा हुँदा समस्या : मताधिकारबाट वञ्चित !

बैतडी : सिगास गाउँपालिका-६ स्थित लेकमबस्तीका ६० वर्षीया सरस्वती धामीले स्थानीय तह निर्वाचनमा भोट दिन पाइनन्। गाउँबाट पाँच घन्टाको पैदल दूरीमा मतदानस्थल रहेकाले त्यहाँ पुग्नै नसक्दा उनी मताधिकारबाट वञ्चित भइन्।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि उनी भोट दिनबाट वञ्चित हुने भएकी छन्। ‘मतदान गरेर राम्रो नेता छान्ने मन त थियो तर मतदानस्थल पुग्न पाँच घन्टा लाग्छ’, उनले भनिन्, ‘बूढेशकालमा हिँड्न सक्दिनँ। नजिकै भोट दिने व्यवस्था भइदिएको भए मैले पनि भोट हाल्न पाउँथें।’

सिगास गाउँपालिकाको वडा नम्बर ६ स्थित महादेव माविमा मात्रै मतदानस्थल राखिएको स्थानीय पदम रोकायाले बताए। भने, ‘साविकको थालाकाँडा गाविसमा धेरै दुर्गममा बस्ती छन्। मौरेबगर, लेकमबस्तीका मतदातालाई मतदानस्थल पुग्न पाँच घन्टा लाग्छ। यसले गर्दा बूढाबूढी र अपांगता भएका मतदाताले भोट गर्न पाउँदैनन्।’

सिगासमा मात्र नभई सुर्नया गाउँपालिका वडा नम्बर ५ को रडीगाउँ, धुलिधार र ककस्यालीका मतदातालाई पनि मतदानस्थल पुग्न तीन घन्टा बढी समय लाग्छ। भोट गर्न जाने बेला ओरालो झर्नुपर्ने भए पनि फर्किंदा उकालो चढ्नुपर्ने भएकाले वृद्धवृद्धा र अपांगता भएका मतदातालाई समस्या हुने गरेको स्थानीय चन्द्रबहादुर विष्टले सुनाए। ‘हाम्रो वडामा रौलेश्वर माविमा मात्र मतदान गर्ने व्यवस्था छ’, उनले भने, ‘त्यो ठाउँमा टाढाका मतदातालाई पुग्न निकै सकस छ।’

सुर्नया-६, शंकरपुर नन्दिनाका ७० वर्षीया बिजु अवस्थी यो निर्वाचनमा भोट दिन नसक्ने अवस्थामा पुगेकी छन्। स्थानीय तह निर्वाचनमा चार घन्टामा मतदानस्थल पुगेर भोट गरेकी बिजुले यो निर्वाचनमा भने मतदान गर्न नसक्ने बताएकी छन्। भनिन्, ‘बूढेसकालमा मतदान गर्ने रहर त थियो। तर, नजिक मतदान केन्द्र नहुँदा जान सकिँदैन। जसले जिते पनि राम्रो मान्छेले जितोस् भन्ने मेरो इच्छा छ।’

जिल्लाका ८४ वडामध्ये धेरै वटामा एउटै मतदानस्थल छ। भौगोलिक विकटताका कारण ती मतदानस्थलमा पुग्न समस्या हुने गरेको स्थानीय बताउँछन्। यहाँ एक सय २० मतदानस्थल छन्।

मणिलेक मावि गुरुखोलामा मतदान केन्द्रको तयारी।

 

अन्नपूर्णमा खबर छ। 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL