आजको पत्रपत्रीकाबाट Saturday, 11 Nov, 2017
Prestige Media

सिन्धुलीगढीमा २५० औं विजय दिवस

कार्तिक २४, २०७४-वीर गोर्खाली फौजले अंग्रेजी सेनालाई हराएको २५० वर्ष पुगेको दिनको सम्झनामा शुक्रबार ऐतिहासिक सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो गढीमा राष्ट्रिय झन्डा फहराएर गौरव दिवस मनाइएको छ । विसं १८२४ को कात्तिक २४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको सम्झनामा प्रत्येक वर्ष नेपालको झन्डा फहराएर सलामी अर्पण गरी गौरव दिवस मनाइँदै आएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय झन्डोत्तोलन गरेकी थिइन् । नेपाली सेनाको चण्डीदल गणका सेनाले उक्त अवसरमा सलामी अर्पण गरेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्री समेत सरिक थिए । राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको समयमा भएको विजयगाथाले राष्ट्रको सम्मान भएको र सिन्धुलीगढी र त्यस समयमा लडेका फौजले शिर उचो बनाएको बताइन् । सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी विश्वसामु चिनाउन लागिपर्न सबैमा उनले आग्रह गरिन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैले भाग लिइ समुन्नत नेपाल बनाउन सबैमा लागि पर्न उन अपिल गरिन् ।

नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाई वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको थियो । सिन्धुलीगढीमा रहेको सानोगढी, पौवागढी, इनार, भग्नावषेश मात्र बाँकी रहेको दरबारको संरक्षण हुनुपर्ने सो अवसरमा चासो देखाइयो ।

राष्ट्रपति भण्डारीले सबै जागरुक भएर ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको संरक्षण गर्नु पर्ने बताए । कमलामाइ नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले गढीको ऐतिहासिक महत्वका बारेमा प्रस्ट्याएका थिए । पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई नेपाली फैजले पराजित गर्दा भएका घटना मेयर खत्रीले सुनाए । गोर्खाली सेनाले आक्रमण गरेर मात्र नभइ अरिङ्गालका गोला, अल्लो, सिस्नुलगायतको समेत मद्दत लिएको इतिहासमा पाइन्छ, नेपाली सेनाको चण्डीदल गणले तत्कालीन यूद्ध झल्काउने खालको नाटक प्रदर्शन गरेको थियो ।

कमलामाइ नगरपालिका र पत्रकार महासंघ शाखाले गौरव दिवस संयुक्त मनाउने गरेका छन् । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा एकसय १३ जनाले काठमाडौंदेखि सिन्धुलीगढीसम्म साइकिलिङ गरेका थिए । त्यसको संयोजन समृद्ध सिन्धुली अभियानले गरेको थियो । साइकल यात्रीहरु सदरमुकामसम्म नै आएका थिए । धुलीखेलदेखि शुक्रबार बिहानै दौडिएर एकसय २१ किमि पार गर्दै धावक रामबहादुर कार्की विजयोत्सवमा सरिक भएका थिए

कान्तिपुरबाट सभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL