कला / साहित्य
Saturday, 10 Sep, 2016
गजल
तिमी र म सँगै भको पूर्णिमाको रात प्यारो ।
मेरो मन छुन खोज्ने मिठो तिम्रो वात प्यारो ।।
हरपल हामी सँगै जीवनलाई अघी बढाउ ।
हरेक पलमा साथदिने सहयोगी हात प्यारो ।।
केहि भन्दा नरिसाउने तिम्रो कोमल हृदय छ ।
मत्ताउने तिम्रो बोली मलाई त्यही मात प्यारो ।।
तिमी हामी सँगै मिली जीवन रुपी डुंगा तरौ ।
मलाई केहि चाहिदैन देऊ मात्र साथ प्यारो ।।
संगीत पोख्रेल


.




