Breaking News Wednesday, 7 Sep, 2016
Prestige Media

कर्णेल कुमार लामा निर्दोष साबित

काठमाडौं: झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् ।
बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश लाख पाउन्ड रकम खर्च हुने गरी उनले हालसम्म कानुनी लडाइँ लडेका थिए ।
त्यहाँको क्राउन प्रोसिक्युसन सर्भिसले लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएको बताउँदै मुद्दा अघि नबढाउने निर्णय लिएको थियो । योसँगै बेलायतको फौजदारी अदालत ओल्ड बेलीमा न्यायाधीश स्विनी नेतृत्वको एक इजलासले लामालाई निर्दोष ठहर गर्दै मुद्दा टुंग्याएको हो ।
दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति सेनामा खटिएका लामालाई बिदा मनाउन र परिवार भेट्न सन् २०१३ जनवरी महिनामा बेलायत पुगेका बखत बेलायती प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि तत्कालीन सरकारले लामाको मुद्दा फिर्ता लिइदिन बेलायत सरकारलाई औपचारिक रूपमा चिठी लेखेको थियो ।
पूर्ववर्ती सरकार परराष्ट्रमन्त्री कमल थापाले दुईपटकका बेलायत भ्रमणमा लामाको रिहाइका लागि बेलायत सरकारसमक्ष आग्रह गरेका थिए ।
नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको र त्यसले नै लामाको मुद्दा हेर्ने भन्दै पूर्वमन्त्री थापाले उनलाई नेपाल सुपुर्दगीको व्यवस्था मिलाउन कूटनीतिक रूपमा आग्रह गरेको थिए ।
नेपाली सेनाका महासेनानी लामामाथि ११ वर्ष पहिले कपिलवस्तु गोरुसिंगेमा अवस्थित सैनिक शिविरमा रहेका बन्दीद्वय करम हुसेन र जनक राउतलाई चरम यातना दिई युद्धअपराध गरेको अभियोगमा झण्डै चार वर्षपूर्व बेलायतमा एड्भोकेसी फोरमले मुद्दा दायर गरेको थियो ।
ब्रिटिस क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ अन्र्तगत यातनाविरुद्धको अपराध मुद्दा लगाइएको थियो । तर उनलाई सन् २०१५ मा धरौटीमा रिहाइ गरिए पनि प्रहरीको निगरानीमा राखी बेलायत नछाड्न अदालतले भनेको थियो ।
लामालाई छाड्ने निर्णय भए पनि यसले यातना र अन्य उल्लंघनका अपराधमा बेलायत वा अन्य कहीँ पनि अन्तर्राष्ट्रिय न्यायको बाटो खुला गरेको छ । ‘नेपाल सरकारले यो विषयको गहनता बुझेर यातना र मानवअधिकार उल्लंघनमा दण्डहीनता अन्य गर्न प्रक्रिया सुरु गर्नेछ भन्ने आशा लिएको छ । एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्माले लामालाई छाड्ने निर्णय भए पनि यो घटनाले यातना र मानवअधिकार उल्लंघनका अपराधमा बेलायत वा अन्य कहीँ पनि अन्तर्राष्ट्रिय न्यायको बाटो खुला गरेको बताएकी छन् । ‘नेपाल सरकारले यो विषयको गहनता बुझेर यातना र मानवअधिकार उल्लंघनमा दण्डहीनता अन्य गर्न प्रक्रिया सुरु गर्नेछ भन्ने आशा लिएको छु’, उनले भनेकी छन् आजको अन्नपूर्ण पोस्ट दैनिक बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL