अर्थ बाणिज्य / समाज
Friday, 10 Nov, 2017
आवरण कथा» शोकलाई शक्तिमा बदल्नेहरू
तेजाब प्रहारबाट प्रभावित युवतीहरुको दास्रो जुनीमहिलाको सुन्दरताको केन्द्र हो, अनुहार । अनि, ऐनाचाहिँ हितैषी साथीजस्तो । भनिन्छ, प्राकृतिक रुपमै महिलाहरुमा ऐना हेर्दै आफ्नो सुन्दरतामा रमाउने गुण बढी हुन्छ । जब त्यही अनुहार वा शरीरका अन्य अंग क्षतविक्षत हुन्छन्, दागै–दागले भरिन्छन्, त्यो पनि कुनै रोगव्याधी वा दुर्घटनाबाट होइन, तेजाब प्रहारबाट । कति अन्धकारमय र कष्टकर होला जीवन ? समाजसँग साक्षात्कार गर्न कति मुस्किल पर्ला ? तर, जो यो कारुणिकताको सिकार भए, उनीहरुको भोगाइ यो सोचाइभन्दा ठ्याक्कै उल्टो हुँदो रहेछ । किनभने, सुन्दरता आवरणमा अडेको हुन्न, मनमा हुन्छ ।
म्रै समाजमा त्यस्ता महिलाहरु छन्, जो कलकलाउँदो उमेरमा तेजाब आक्रमणमा परे तर हरेस खाएनन्, हीनताबोधको दलदलमा फसेनन् । तेजाबको रापबाट उम्किए । शीतलतातिर लम्किए । र, अहिले आत्मिक रुपमा खुसीको शिखर चढ्दैछन् । सफलताका लागि संघर्ष गर्दैछन् । सुन्दा नमिठो लाग्ला तर सत्य हो, तेजाबले उनीहरुको जीवन थप सार्थक बनायो । अझ यसो भनौँ, त्यो शोकलाई उनीहरुले शक्तिमा बदले । यहाँ यस्तै साहसी चेलीहरुको प्रेर
कान्तिपुरबाट साभार







