अर्थ बाणिज्य / समाज Friday, 3 Nov, 2017
Prestige Media

बैंकहरुको नाफाकाे वृद्धि सुस्तियो, ११ वटाले कमाए ४ अर्ब नाफा

१७ कात्तिक, काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंक मध्ये ११ बैंकले पहिलो त्रैमासमा ४ अर्ब रुपैयाँ नाफा गरेका छन् । बैंकहरुको नाफा ११ प्रतिशतले नै बढेको हो ।

चुक्ता पूँजीमा वृद्धि, बढि लागतमा निक्षेप संकलन र स्प्रेड दर घटेको कारण बैंकहरुको नाफा घटेको हो । वित्तीय विवरण प्रकाशित गरेका मध्ये हिमालयन बैंक, मेगा बैंक र सिटिजन्स बैंकको नाफा घटेको हो ।

बैंकहरुको मुख्य आम्दानीको स्रोत खुद व्याज आम्दानीमा खासै वृद्धि हुन सकेको छैन् । समग्रमा ८ अर्ब ३५ करोड खुद नाफा कमाएका बैंकहरुको यो आम्दानीमा १३ प्रतिशतले वृद्धि भएको हो । हिमालयन, मेगा र एनएमबी बैंकको यस्तो आम्दानीमा पनि कटौती भएको छ ।

त्यस्तै बैंकहरुको सम्भावित जोखिम अघिको सञ्चालन नाफा पनि १३ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड पुगेको छ । यसले बैंकहरुले प्रभिजनिङ तथा राइट ब्याक नगरिकन भएको नाफा देखाउँछ । बैंकहरुले प्रोभिजनिङ पहिलेभन्दा घटाएर वा राइटब्याक धेरै भएको देखाएर पनि नाफा बढि भएको देखाउने गर्छन् । यो सूचकले भने वास्तविक नाफा देखाउछ ।

अहिले बैंकहरुमा पोहोरको तुलनामा कर्जा महंगो भएको उनीहरुले प्रकाशित गरेको आधार दर (बेस रेट)ले देखाउँछ । गत वर्ष औसतमा आधार दर ६ प्रतिशत हाराहारीमा रहेकोमा यस असोजमा भने यो दर औसतमा ९ प्रतिशत रहेको छ ।

२०७४ कार्तिक १७ गते ८:३० मा प्रकाशित (२०७४ कार्तिक १६ गते १८:२१मा अद्यावधिक गरिएको)

अन्लाईन खबर बाट सभार

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL