ज्योतिश बास्तु तथा धर्म
Monday, 17 Apr, 2023
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन: पञ्चांग निर्णायक विकास समिति
नेपाल पञ्चांग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ।
वैशाख कृष्ण औंसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए। तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन।
कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ।वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। रासस







