राजनीति / देश Sunday, 19 Jun, 2022
Prestige Media

नियन्त्रणमा लिएका बाघले भरियो खोर

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेपछि नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन्।

हाल कसरामा दुई वटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन्। तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो।

दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो। निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।

निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ। झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले बताए।

कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो। कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ। हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ।

‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन। भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन,’ उनले भने।

यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ।

चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ। जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो। दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो।

उनकाअनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिएको छ। तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ।

बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो।

बाघको सङ्ख्या बढेपछि धेरै घटना भएको अनुमान गरिएको छ। सन् २०१८ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए। त्यतिबेला देशभरको संख्या २३५ रहेको थियो।

यस वर्ष बाघ गणना भइसकेको छ। विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ।

रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न काटियो परिपत्र, के गर्लान् कांग्रेस, एमालेरु

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइँदै

शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

कांग्रेस सभापति देउवालाई भेटेर माधव नेपालले मागे सहयोग

निर्वाचन
आचारसंहिता पालन नगरे कारबाही

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत

मतदाता नामावली अद्यावधिक पुनः सुरु

वैशाख २ देखि संसद्‍ अधिवेशन अन्त्य

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL