प्रमुख समाचार
Monday, 22 Apr, 2024
उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइँदै
काठमाडौं–आगामी वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ।
आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।
आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ। उपनिर्वाचनमा इलाम २ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्।
मतदान केन्द्र अनुसार इलाममा १ हजार ४३ र बझाङमा ६५१ गरी कुल १ हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ। प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहनेछन्। उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ।







