आजको पत्रपत्रीकाबाट Sunday, 8 May, 2016
Prestige Media

नेपाल मा क्यासिनो मा प्रवेश निषेध गरेपछि जुवा खेल्न भारत !!

download

जब साँझ पर्न थाल्छ, ग्राहकको घुइँचो लागिहाल्छ। र, मध्यरातसम्मै खाल जम्छ।

शान्त समुद्रको आनन्द लिँदै जुवा खेल्न पाउनुलाई उनीहरू ठूलो प्राप्ति ठान्छन्। शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने जुवाका त्यस्ता खालमा सहभागी हुन केही नेपाली पनि गोवा पुग्छन्। ‘क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ। म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पूरापूर गर्न चाहन्छु,’ रोयालमा भेटिएका भक्तपुरका नवीन शर्मा (नाम परिवर्तन) ले भने, ‘नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ।’ उनले आफू जग्गा कारोबारी भएको पनि बताए।

सरकारले नेपाली नागरिकलाई क्यासिनो खेल्न बन्देज लगाउँदा पुँजी पलायन भएको बताउँछन्, काठमाडौंस्थित एक क्यासिनोका सञ्चालक। ‘नेपालीलाई यहाँ खेल्न नदिएर के गर्नु, गोवा, सिक्किम वा अन्त कतै गएर खेलिहाल्छन्,’ उनी भन्छन्, ‘एक प्रकारको मानवअधिकार हनन नै हो यो पनि।’ नेपाली ग्राहक नहुँदा क्यासिनोले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।

उता डेल्टिन क्यासिनोमा भेटिएका अर्का नेपाली भने आफूले पैतृक सम्पत्तिका रूपमा काठमाडौंको १५ रोपनी जग्गा प्राप्त गरेकोमा अब ३ रोपनीजति मात्र बाँकी रहेको बताउँछन्। ‘लत लागिहाल्यो अब छाड्नै गाह्रो छ,’ उनी भन्छन्, ‘आफ्नै देशमा बसेर खेल्न पाएको भए किन यति टाढा आइन्थ्यो र!’ निकै भावुक स्वभावका उनी समुद्र पनि हेर्न पाइने अनि जुवा पनि खेल्न पाइने भएकाले गोवामा दोहोरो फाइदा प्राप्त भएको ठान्छन्। प्रायजसो फ्लस खेल्ने उनी एकपटक खेलेपछि उठेर ४ तलामाथि रहेको क्रुजको छतमा जान्छन्। छतबाट रात्रिकालीन समुद्रको पर कतै उर्लिरहेको लहरको आवाज सुन्छन् र फेरि खेल्न फर्कन्छन्। ‘जिन्दगीको मजा मलाई योभन्दा अर्को कुनै होलाजस्तो लाग्दैन’, उनी भन्छन्। उनी रोयालका नियमित ग्राहक हुन्। नागरिक दैनिक मा खबर छ

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL