आजको पत्रपत्रीकाबाट Sunday, 3 Aug, 2025
Prestige Media

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

रुससँगको वाक्युद्धपछि अमेरिकाले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेडभेडेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुई वटा परमाणु पनडुब्बी ‘सही स्थान’ मा तैनाथ गर्न आदेश दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । 

रुसका पूर्वराष्ट्रपति मेडभेडेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गर्नुभएको थियो । ट्रम्पले यसअघि नै रुसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ  ।

राष्ट्रपति ट्रम्पले ती पनडुब्बी कहाँ तैनाथ गरिएको हो भन्ने खुलाउनुभएको छैन । उहाँले भन्नुभयो, “हामीलाई धम्की दिइयो, जुन ठिक लागेन । त्यसैले सतर्क हुनु पर्‍यो, मैले अमेरिकाका जनताको सुरक्षाका लागि यस्तो निर्णय लिएको हुँ ।”

उता रुस सरकारले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । ट्रम्प र मेडभेडेवबिच पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र वाक्युद्ध भइरहेको छ । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनविरुद्धको युद्ध रोक्न यही अगस्ट ८ सम्मको समय दिनुभएको छ ।  पुटिनले भने युद्ध रोक्नेबारे कुनै सङ्केत गर्नुभएको छैन । 

पनडुब्बी बनाउन निकै महँगो पर्छ । एउटै परमाणु पनडुब्बी बनाउन अर्बौं डलर लाग्छ र अत्यन्त अनुभवी वैज्ञानिक र विशेषज्ञ चाहिन्छ । हाल चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स र रुससँग मात्रै परमाणु शक्तिबाट चल्ने पनडुब्बी छन् । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

बजेट सन्तुलितरुपमा ल्याइएको छ- प्रधानमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL