आजको पत्रपत्रीकाबाट
Wednesday, 25 Jun, 2025
सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन
नागढुङ्गा मुग्लीन सडक खण्ड मध्य नागढुङ्गदेखी मौवा खोलासम्मको सडकमा आगाामी दुई महिनासम्म भित्ता कटिङ्ग गर्ने काम रोक्न र सडकमा परको खाल्टा खुल्टी तत्काल पुर्न स्थानीय प्रशासनले निर्माण कम्पनीहरुलाई निर्देशन दिएको छ ।
मनसुन विस्तारै सक्रिय हुदै गएकोले पहिरो खस्ने स्थानहरुमा हुन सक्ने सम्भावीत दुर्घटना हुन नदिन स्थानीय प्रशासनले सो निर्देशन दिएको हो ।
नागढुङ्ग मुग्लीन सडक खण्डमा सबै भन्दा धेरै पहिरोको जोखीम क्षेत्र धादिङ जिल्ला भित्र नै पर्ने भएकोले पहिले नै सगज भई निर्माणका काम गर्दा सो सडक भएर यात्रा गर्ने यात्रुहरुलाइ सहज हुने स्थानीय प्रशासनको भनाई छ ।।







