अर्थ बाणिज्य / समाज
Sunday, 13 Jul, 2025
नबिल बैङ्क बयालिसौँ वर्षमा

नबिल बैङ्क स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैङ्कले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैङ्कले राष्ट्रको आर्थिक समृद्धिमा निरन्तर योगदान गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनमा पनि उत्तरदायी एवं नवीन बैङ्किङ अभ्यासमार्फत सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैङ्कले २०८२ असार २६ सम्म कुल चार खर्ब ३३ अर्ब रुपियाँ बराबरको कर्जा व्यवस्थापन गरेको जनाएको छ । सोही अवधिमा पाँच खर्ब ३५ अर्ब रुपियाँ बराबरको निक्षेप सङ्कलन गरेको बैङ्कले जानकारी दिएको छ ।







