अर्थ बाणिज्य / समाज Wednesday, 27 Aug, 2025
Prestige Media

नेप्से २८०० विन्दुभन्दा माथि, कारोबार रकम बढ्यो

नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेसँगै २८०० विन्दुभन्दा माथि पुगेको छ। नेप्से परिसूचक ११ कारोबार दिनपछि २८०० विन्दुभन्दा माथि पुगेको हो।

नेप्से परिसूचक ५३.०१ अंक बढेर २८१९.१० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ७२ हजार ५२८ पटकको कारोबारमा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने ग्रीन भेन्चर्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL