अर्थ बाणिज्य / समाज
Thursday, 7 Aug, 2025
खाडी मुलुकहरूमा लैजान लागिएका ४० नेपाली महिलाहरूको उद्धार
गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्ली स्थित नेपाली राजदूतावासले ती महिलाहरूको उद्धार गरी आज नेपाल पठाएको छ ।भारत कालागि नेपाली राजदूत डा शङ्कर शर्माले सामाजिक संन्जाल फेसबुक मार्फत यो कुरा सार्वजनिक गर्नु भएको छ।
सामाजिक संस्था ‘किन इन्डिया’का अध्यक्ष नवीन जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न क्रम पछिल्लो समय बढ्न थालेको छ।







