अर्थ बाणिज्य / समाज
Wednesday, 30 Jul, 2025
नेप्से ४७.९३ अंकले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो।
आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो
सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ।







