राजनीति / देश Sunday, 22 Jun, 2025
Prestige Media

इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान

इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनु भएको छ । 

“इरानमाथि इजरायलको आक्रमणमा सामेल भएर अमेरिकाले अन्तर्राष्ट्रिय कानुन पनि तोडेको छ। आइक्यानका कार्यकारी निर्देशक मेलिसा पार्कले इरानविरुद्धको सैन्य कारबाही तेहरानको आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधान गर्ने तरिका नभएको बताउनु भएको छ । 

विज्ञप्तिमा भनिएको छ, “इरानले आणविक हतियारको खोजी नगरेको आँकलन अमेरिकी गुप्तचर निकायले गरिरहेका छन् । यस्तो अवस्थामा भएको  यो आक्रमण मूर्खता र लापरबाहीपूर्ण कार्य हो । यसले आणविक हतियारको थप प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर पार्न सक्छ।” 

जेनेभास्थित आइक्यानले सन् २०२१ मा लागू भएको आणविक हतियार निषेधसम्बन्धी सन्धिको मस्यौदा तयार पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सन् २०१७ को नोबेल शान्ति पुरस्कार जितेको थियो ।

हालसम्म करिब ६९ देशले यसलाई अनुमोदन गरिसकेका छन्, अन्य चार देशले यस सन्धिलाई प्रत्यक्ष रूपमा स्वीकार गरिसकेका छन् र अन्य २५ देशले हस्ताक्षर गरेका छन्।

‘‘इजरायलले अवैध बल प्रयोग गर्नुअघि नै अमेरिकाले कूटनीतिक प्रक्रियालाई निरन्तरता दिनुपथ्र्यो। यसले यो क्षेत्र वा विश्वलाई सुरक्षित बनाउँदैन । यसले सुरक्षा चिन्ता र क्षेत्रिय स्थिरतालाई अझ खतरनाक बनाउँछ,” पार्क भन्नुभयो । 

“आणविक प्रतिष्ठानहरूमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानून अन्तर्गत स्पष्ट रूपमा प्रतिबन्धित छ र मानव स्वास्थ्य र यसले वातावरणको लागि हानिकारक रेडियोधर्मी प्रदूषणको जोखिम निम्त्याउछ । अमेरिकाले सबै प्रकारका सैन्य कारबाही रोकेर कूटनीतिक मार्गमा फर्किनुपर्छ।

जुन १३ मा इजरायलले इरानमाथि आक्रमण सुरु गरेकै दिन आइक्यानले आणविक शक्ति सम्पन्न राष्ट्रहरुले गत वर्ष आफ्नो आणविक शस्त्रागारमा १०० अर्ब डलरभन्दा बढी खर्च गरेको उल्लेख गरेको छ ।

आइक्यानका अनुसार सन् २०२४ मा अमेरिकाले ५६ अर्ब ८० करोड डलर, चीनले १२ अर्ब ५० करोड डलर, बेलायतले १० अर्ब ४० करोड डलर, रुसले आठ अर्ब १० करोड डलर र फ्रान्सले छ अर्ब ९० करोड डलर खर्च गरेका छन् । रासस, एएफपी

इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनु भएको छ । 

“इरानमाथि इजरायलको आक्रमणमा सामेल भएर अमेरिकाले अन्तर्राष्ट्रिय कानुन पनि तोडेको छ। आइक्यानका कार्यकारी निर्देशक मेलिसा पार्कले इरानविरुद्धको सैन्य कारबाही तेहरानको आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधान गर्ने तरिका नभएको बताउनु भएको छ । 

विज्ञप्तिमा भनिएको छ, “इरानले आणविक हतियारको खोजी नगरेको आँकलन अमेरिकी गुप्तचर निकायले गरिरहेका छन् । यस्तो अवस्थामा भएको  यो आक्रमण मूर्खता र लापरबाहीपूर्ण कार्य हो । यसले आणविक हतियारको थप प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर पार्न सक्छ।” 

जेनेभास्थित आइक्यानले सन् २०२१ मा लागू भएको आणविक हतियार निषेधसम्बन्धी सन्धिको मस्यौदा तयार पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सन् २०१७ को नोबेल शान्ति पुरस्कार जितेको थियो ।

हालसम्म करिब ६९ देशले यसलाई अनुमोदन गरिसकेका छन्, अन्य चार देशले यस सन्धिलाई प्रत्यक्ष रूपमा स्वीकार गरिसकेका छन् र अन्य २५ देशले हस्ताक्षर गरेका छन्।

‘‘इजरायलले अवैध बल प्रयोग गर्नुअघि नै अमेरिकाले कूटनीतिक प्रक्रियालाई निरन्तरता दिनुपथ्र्यो। यसले यो क्षेत्र वा विश्वलाई सुरक्षित बनाउँदैन । यसले सुरक्षा चिन्ता र क्षेत्रिय स्थिरतालाई अझ खतरनाक बनाउँछ,” पार्क भन्नुभयो । 

“आणविक प्रतिष्ठानहरूमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानून अन्तर्गत स्पष्ट रूपमा प्रतिबन्धित छ र मानव स्वास्थ्य र यसले वातावरणको लागि हानिकारक रेडियोधर्मी प्रदूषणको जोखिम निम्त्याउछ । अमेरिकाले सबै प्रकारका सैन्य कारबाही रोकेर कूटनीतिक मार्गमा फर्किनुपर्छ।

जुन १३ मा इजरायलले इरानमाथि आक्रमण सुरु गरेकै दिन आइक्यानले आणविक शक्ति सम्पन्न राष्ट्रहरुले गत वर्ष आफ्नो आणविक शस्त्रागारमा १०० अर्ब डलरभन्दा बढी खर्च गरेको उल्लेख गरेको छ ।

बेलायत, चीन, फ्रान्स, भारत, इजरायल, उत्तर कोरिया, पाकिस्तान, रुस र संयुक्त राज्य अमेरिकाले सन् २०२३ को तुलनामा करिब १० अर्ब डलर बढी खर्च गरेको आइक्यानले जनाएको छ ।

आइक्यानका अनुसार सन् २०२४ मा अमेरिकाले ५६ अर्ब ८० करोड डलर, चीनले १२ अर्ब ५० करोड डलर, बेलायतले १० अर्ब ४० करोड डलर, रुसले आठ अर्ब १० करोड डलर र फ्रान्सले छ अर्ब ९० करोड डलर खर्च गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा पदभार ग्रहण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

PMC TV NEPAL