देश भित्र
Monday, 15 Sep, 2025
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।







