प्रमुख समाचार Monday, 15 Apr, 2024
Prestige Media

गत वर्ष विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौं। २०८० मा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने १ हजार ६ सय १६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कुल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए।
विपद्जन्य घटनाका कारण कुल ५ अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ। गत वर्ष पहिरो, बाढी, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायत घटना भएका थिए। गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए।
मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० सम्म आगलागीका चार हजार ६१ घटना भएका थिए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए। कुल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए। आगलागीबाट दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो।
यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए। त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए।
गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ

लगानी सम्मेलनः विभिन्न १२ विषयगत सत्रमा छलफल

लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन आग्रह

इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज

नेप्सेमा दोहोरो अंकको वृद्धि

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL